• २६ असोज २०८३ सोमबार/ Monday 10-12-2026

नियम अनुसार सहकारीको संचालन तथा बिकासका लागि अभमुखीकरण 


यमुना खनाल 
लहान नगरपालिकाको आयोजनामा सहकारीको अबस्था र बिश्लेषण तथा नियमावली  अभिमुखिकरण  कार्यक्रम शुरु  भएको छ । सहकारीको बिकास तथा प्रबद्धन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको लहान नगरपालिका सहकारी शाखा अधिकृत अन्जना शाहले जानकारी दिनु भयो । 

 कार्यक्रममा सहकारीको अबस्था , सहकारी दर्ता प्रकृया , सहकारीको गठन,संचालन , सहकारीको बगिकरण , नीति , सहकारी नियमावली २०७४, लहान नगरपालिकाको सहकारी नीति लगायतका बिषयामा जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा लहान नगरपालिकामा संचालनमा रहेका सहकारी पदाधिकारीहरुको सहभागिता रहेको थियो । अभिमुखीकरण कायक्रमलाई संम्बोधन गर्दै लहान नगरपालिकाका मेयर मुनी शाहले लहानमा सहकारी आबद्ध हुन सबैलाई आग्रह गर्नु भयो । साथै उहाँले जसरी अन्य ठाँउको नमुना सहकारीको भ्रमणमा तपाईहरु जानु हुन्छ । अबतपाईहरुले आफुले नेतृत्व गरेको सहकारीमा अरु ठाँउका मानिसहरु नमुना सहकारीको भ्रमण गर्न आउने गरी काम गर्दै जान शुभमना दिनु भयो । 

उपमेयर सरियार चौधरीले सहकारीकोबिकास बिना नगरको बिकास ,संम्भब नभएकाले सहकारीको बिकासमा  जोड दिनु भयो । सहकारीकै माध्यमबाट आफु मलेसिया सिंगापुर र बंगालादेशको भ्रमणमा गएको ती देशमा महिलाले नेतृत्व गरेका सहकारी नमुना सहकारीको रुपमा बिकास भएको उदारण दिनु भयो । कृषकलाई अनुदानमा  मल खाद प्रदान गर्ने कार्य कृषि  सहकारी संस्थाबाट गरेको स्मरण गर्दै नियम अनुसार सहकारी चलाउन निर्देशन दिनुभयो ।

प्रतिकृया दिनुहोस

साना किसान कृषि सहकारी संस्था लिमिटेडको २० औ बार्षिक साधरण सभा सम्पन्न ।

# बैंकिङ/ वित्तिय/सहकारी

मीता एफ.एम. (१०६.० मेगाहर्ज) साना किसान कृषि सहकारी संस्था लिमिटेडको २० औ बार्षिक साधरण सभा सम्पन्न भएको छ । सिरहाको क्षेत्र नंमबर १ को १ का प्रदेश सांसद

पाँचौ उद्योग दिबसको अबसरमा अन्तरकृया कार्यक्रम

# बैंकिङ/ वित्तिय/सहकारी

यमुना खनाल , जीबछ चौधरी  ९,कार्तिक लहान । पाँचौ उद्योग दिबस सोमबार सिरहाको लहानमा भब्य कार्यक्रम गरी मनाइएको छ । घरेलु तथा साना उद्योग कार्यलय लहानको

↑