• २७ असोज २०८३ मंगलबार/ Tuesday 10-13-2026

पाँचौ उद्योग दिबसको अबसरमा अन्तरकृया कार्यक्रम

यमुना खनाल , जीबछ चौधरी 
९,कार्तिक लहान । पाँचौ उद्योग दिबस सोमबार सिरहाको लहानमा भब्य कार्यक्रम गरी मनाइएको छ । घरेलु तथा साना उद्योग कार्यलय लहानको अयोजनामा  “उद्योग र पूर्बाधार”, “समृद्धिको आधार” मुल नाराका साथ उद्योगी ब्यबसायीको सहभागितामा अन्तरकृया कार्यक्रम गरी मनाइएको हो । 


अन्तर कृया कार्यक्रममा सिरहाका ब्यापारी ब्याबसायीले भोग्दै आएका समस्या ब्यापारको अबस्था बारे बयापारी ब्याबसायीले आफ्ना आफ्ना धारणा राख्नु भएको थियो । घरेलु तथा साना उद्योग कार्यलय लहानले युवाहरुमा  प्रबिधि तथा शीप र पूँजी हस्तान्तरण गरे पनि गरे पनि युवाहरु उद्योग ब्यबसाय तर्फ भन्दा बैदेसिक रोजगारी तर्फ लागेकाले ब्यबसाय गर्न प्िरतबद्धहरु लाई मात्र सहयोग गर्नु पर्ने उद्योग महासंघ सिरहाका अध्यक्ष राम देब ठाकुरले आग्रह गर्नु भयो ।  
घरेलु तथा साना उद्योग महासंघ प्रदेश नंमबर २ का महासचिब नबिन यादब सिरहाको उद्योग ब्यापार ब्यापार ब्यबसाय दिनप्रतिदिन खस्कदै गएकोमा चिन्ता ब्यक्त गर्नु भयो । ब्यापारी बयबसायी बैकको ब्याजमा डुब्ी रहेका छन् , लगानी खेर गईरहेकाले ब्यापारी पलायन हुन थालेको खतारा औल्याउनु भयो । 
त्यसैगरी हस्तकला उद्योगी  पार्बती चौधरीले महिलाहरुले उत्पादन गरेका हस्तकलाका सामानहरुको बजारी करण कसरी गर्ने भन्ने तर्फ ध्यान दिन आग्रह गर्नु भयो । वहाँले उद्योगी महिलाहरुलाई प्रोत्साहान गर्ने महिलाले उत्पादन गरेका सामाग्रीलाई अन्तराष्ट्रिय बजार ,सम्म बजारीकरण गर्नु पर्ने बताउनु भयो ।


त्यसैगरी जिल्ला उद्योग बाणिज्य संघ सरहाका अध्यक्ष अशोक अमात्यले ब्यापारी ब्यबसायी स्थानीय तह घरेलु तथा साना उद्योग कार्यलय बीच समन्वय गरेर जान आग्रह गर्नु भयो । महिला उद्योगीले उत्पादन गरेका सामाग्रीको बिक्री तथा प्रचार नै नभएकोले बिच बजारमा कोशेली घर राख्नु पर्ने अमात्यले सुझाब दिनु भयो  । 
जिल्ला घरेलु तथा साना उद्योग कार्यलय लहानका प्रमुख दीप्न्द्र यादबले अहिले कार्यलयले छिटो छरितो सेवा दिईहरेको सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न  प्रतिबद्ध रहेको बताउनु भयो । 
तर स्थानीय तहबाट ब्यबसाय दर्ताका तथा मुचुल्का गरेर ल्याउदा बेहोरा नमिल्ने , प्यान नंम्बर उपलब्ध गराईदिन भनी सिफारिस आउने गरेकाले ब्यापारी फर्के जानु पर्ने अबस्था रहेको ,  ब्यापारी तथा उद्योगीको कामममा ढिलो नहोस, दुख नपाउन भनेर म आफैंले वडा अध्यक्ष  वडा सचिबलाई  कयौ पटक फोन गरेर सिफारिसको बेहोराबारे जानकारी गराएको  बताउनु भयो । यादबले यो समस्या समाधानका लागि छिटै स्थानीय तहका प्रमुख तथा वडा  अध्यक्ष र सचिबहरु संग अनतरकृया गर्ने जानकारी गराउनु भयो । 
 

प्रतिकृया दिनुहोस

साना किसान कृषि सहकारी संस्था लिमिटेडको २० औ बार्षिक साधरण सभा सम्पन्न ।

# बैंकिङ/ वित्तिय/सहकारी

मीता एफ.एम. (१०६.० मेगाहर्ज) साना किसान कृषि सहकारी संस्था लिमिटेडको २० औ बार्षिक साधरण सभा सम्पन्न भएको छ । सिरहाको क्षेत्र नंमबर १ को १ का प्रदेश सांसद

नियम अनुसार सहकारीको संचालन तथा बिकासका लागि अभमुखीकरण 

# बैंकिङ/ वित्तिय/सहकारी

यमुना खनाल  लहान नगरपालिकाको आयोजनामा सहकारीको अबस्था र बिश्लेषण तथा नियमावली  अभिमुखिकरण  कार्यक्रम शुरु  भएको छ । सहकारीको बिकास तथा

↑