• ११ मङ्सिर २०८३ बिहीबार/ Thursday 11-26-2026

एनप्याब्सनका निवर्तमान अध्यक्ष पाण्डव हमाल ठकुरी एमालेमा प्रवेश


मीता एफएम १०६ मेगाहर्ज 
निजी विद्यालय सञ्चालक तथा शैक्षिक व्यक्तित्व पाण्डव हमाल ठकुरी नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । निजी विद्यालयहरूको छाता संगठन नेसनल प्याब्सन (एनप्याब्सन) का निवर्तमान केद्रीय अध्यक्ष हमाललाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको हो ।
एमालेको राष्ट्रिय भेलाका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले खादा तथा माला लगाएर हमाललाई पार्टीमा स्वागत गर्नुभएको थियो । सिरहाको धनगढीमाई नगरपालिका–१२ मा जन्मिनुभएका हमाल विगत २९ वर्षदेखि लहानमा एलएमसी सेकेन्डरी स्कुल तथा कलेज एलएमसी कलेज सञ्चालन गर्दै आउनुभएको छ । लामो समयदेखि शिक्षा तथा सामाजिक क्षेत्रमा सक्रिय हुनुन्छ ।  निजी विद्यालयहरूको संस्थागत विकास र शैक्षिक क्षेत्रको नेतृत्वमा समेत सफल भूमिका निर्वाह गरिसक्नुभएका हमाल एमाले प्रबेशले एमालेजनमा नयाँ उत्साहा थपेको छ  ।
शिक्षा क्षेत्रसँगै समाजसेवामा सक्रिय आफ्नो जन्मभूमि र नगरको विकासका लागि प्रत्यक्ष राजनीतिक भूमिकामा रहेर काम गर्ने आकाङ्क्षा व्यक्त गर्नुभएको छ । उहाँले लामो समय शिक्षा क्षेत्रमा काम गरेको अनुभवलाई सामाजिक तथा राजनीतिक सेवामा उपयोग गर्ने सोचका साथ एमालेमा प्रवेश गरेको बताउनुभएको छ ।
शिक्षा क्षेत्रमा निजी विद्यालयहरुको छाता संगठन एनप्याब्सनको राष्ट्रिय अध्यक्षको भूमिका निर्वाह गरिसक ब्यत्ति एमाले प्रबेशले एमालेमा थप उत्साह बढाएको एमाले नताहरुले बताएका छन् ।हमालले स्थानीय तह निर्वाचनमा पार्टीका अग्रज नेताहले आफूलाई सेवक बनेर काम गर्ने मौका दिएमा स्थानीय निर्वाचनमा आफू जिम्मेवारी लिएर अगाडी बढ्ने बताउनु भएको छ । 
स्थानीय स्तरमा युवामाझ परिचित तथा शैक्षिक क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका हमालको एमाले प्रवेशलाई सिरहा जिल्लाको राजनीतिक वृत्तमा चासो बढाएको छ ।  

प्रतिकृया दिनुहोस

सुरुङ्गामा आयोजित डिजिटल हाजिरीजवाफ प्रतियोगितामा केशव स्मारक मावि प्रथम

# मिता खबर

यमुना खनाल  सप्तरी । अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर सप्तरीको सुरुङ्गा नगरपालिकामा आयोजित हाजिरीजवाफ प्रतियोगितामा केशव स्मारक माध्यमिक

दोस्रो उपमेयर कप क्रिकेटको उपाधि वडा नं. ७ लाई

# मिता खबर

  यमुना खनाल  सप्तरीको सुरुङ्गा नगरपालिकामा सम्पन्न दोस्रो उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. ७ ले जितेको छ। बुधबार सम्पन्न फाइनल

लहानका बस्तीमा स्वच्छता अभियान, सरसफाइ र सुरक्षित शौचालय प्रयोगमा जोड

# मिता खबर

यमुना खनाल  लहान। सिरहाको लहान नगरपालिका–२१ खोरिया टोल र वडा नं. १५ बानोमा स्वच्छता अभियानअन्तर्गत सरसफाइसम्बन्धी अभिमुखीकरण तथा जनचेतनामूलक

↑