• ११ मङ्सिर २०८३ बिहीबार/ Thursday 11-26-2026

लहानका बस्तीमा स्वच्छता अभियान, सरसफाइ र सुरक्षित शौचालय प्रयोगमा जोड

यमुना खनाल 

लहान। सिरहाको लहान नगरपालिका–२१ खोरिया टोल र वडा नं. १५ बानोमा स्वच्छता अभियानअन्तर्गत सरसफाइसम्बन्धी अभिमुखीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

वाटरएड, दलित जनकल्याण युवा क्लब र भिजन ६३ इन्टरनेसनलको आयोजनामा ‘सुरक्षित शौचालय, समान भविष्य’ भन्ने नारासहित कार्यक्रम सुरु गरिएको हो। पाँच दिनसम्म सञ्चालन हुने अभियानमा सरसफाइ, सुरक्षित शौचालयको प्रयोग, स्वच्छ खानेपानी र व्यक्तिगत तथा वातावरणीय स्वास्थ्यसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ।

अभिमुखीकरणका क्रममा खुला दिसापिसाबले पानी, हावा र वातावरण प्रदूषित हुनुका साथै विभिन्न रोग फैलिने जोखिमबारे स्थानीय महिलालाई जानकारी गराइएको थियो। विशेषगरी खाना खानुअघि र खाइसकेपछि तथा शौचालय प्रयोग गरेपछि साबुनपानीले हात धुने, खानेपानी छोपेर राख्ने र शुद्धीकरण गर्ने, शौचालयको नियमित प्रयोग तथा सरसफाइ गर्ने विषयमा सहभागीलाई दलित जनकल्याण युवा क्लबका सामाजिक परिचालक गीता चौधरी , युथ भोलेन्टियर मंगलदेब पासवान, चन्द्र नारायण यादबले  प्रशिक्षण दिइएको थियो।

त्यसैगरी, खुला दिसाका कारण दिसामा रहेका हानिकारक जीवाणु तरकारी, सागसब्जी र खाद्यवस्तु हुँदै मानिसको शरीरमा पुग्न सक्ने भएकाले खाना छोपेर राख्न, फोहोरमैला उचित व्यवस्थापन गर्न र खुला ठाउँमा दिसापिसाब नगर्न आग्रह गरिएको थियो।

कार्यक्रममा सहभागी महिलाहरूले साबुनपानीले नियमित हात धुने, घर तथा वरपरको वातावरण सफा राख्ने, खानेकुरा छोपेर राख्ने, शौचालयको प्रयोग गर्ने र फोहोरमैला उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन्।

अभियानले समुदायमा स्वच्छता र सरसफाइसम्बन्धी व्यवहार परिवर्तन गर्दै सुरक्षित शौचालयको प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस

एनप्याब्सनका निवर्तमान अध्यक्ष पाण्डव हमाल ठकुरी एमालेमा प्रवेश

# मिता खबर

मीता एफएम १०६ मेगाहर्ज  निजी विद्यालय सञ्चालक तथा शैक्षिक व्यक्तित्व पाण्डव हमाल ठकुरी नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । निजी विद्यालयहरूको

सुरुङ्गामा आयोजित डिजिटल हाजिरीजवाफ प्रतियोगितामा केशव स्मारक मावि प्रथम

# मिता खबर

यमुना खनाल  सप्तरी । अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर सप्तरीको सुरुङ्गा नगरपालिकामा आयोजित हाजिरीजवाफ प्रतियोगितामा केशव स्मारक माध्यमिक

दोस्रो उपमेयर कप क्रिकेटको उपाधि वडा नं. ७ लाई

# मिता खबर

  यमुना खनाल  सप्तरीको सुरुङ्गा नगरपालिकामा सम्पन्न दोस्रो उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. ७ ले जितेको छ। बुधबार सम्पन्न फाइनल

↑