• २७ असोज २०८३ मंगलबार/ Tuesday 10-13-2026

लाखौ भक्तजनले गरे माता राजदेबीदर्शन र पुजाआजा, ःथेग्नै नसकिने भीड


बुद्ध जयन्ती तथा चण्डी पूर्णिमाको अवसरमा लहान–१५ ढोडनास्थित राजदेवी पञ्चावती मन्दिरमा भत्तजनहरुको घुईचो लागेको छ । नेपालका विभिन्न जिल्ला साथै छिमेकी भारतबाट समेत ठूलो संख्यामा श्रद्धालुहरू देवीमाताको दर्शन गर्न आएपछि मन्दिर बिकास समितिलाई भीड थेग्न हम्मे हम्मे भएको अध्यक्ष पशुपति चौधरीले जानकारी दिनु भयो ।  
श्रद्धाकी देबी राजदेबीको  मन्दिरमा चण्डी पूर्णिमाको दिन मात्र एक दिन बलि चढाईने परम्परा भएकोले  ठूलो संख्यामा भक्तजनहरुको उपस्थिति हुने गरेकोसमितिका कोषध्यक्ष बिरेन्द्र चौधरीले जानकारी दिनु भयो । 
बर्ष भरी नै माता राजदेबीको पुजा आरधना गरिने भएपनि बलि भने चन्डीपुर्णिमा दिन मात्रै प्रचलन छ । आजका दिन राजदेबी मन्दिर परिसरमा लाखौको संख्यामा हास,ँ कुखुरा, बोका पाठी, परेवाको बलि चढाईन्छ । गत बर्ष बोकापाठी मात्रै २० हजार भन्दा माथि चढेको समितिले जानकारी दिएको छ ।  
भक्तजनहरूले आफ्नो मनोकामना पूरा होस् भनी भाकल (कबुला) राख्ने र पूरा भएपछि बोकापाठी, हाँस, कुखुरा तथा परेवा जस्ता पशुपन्छीको बलि चढाउने परम्परा रहँदै आएको छ । यस वर्ष पनि हजारौँको संख्यामा बलि चढाइएको जनाइएको छ ।त्यसैगरी मनोकामना पुराभएपछि सुनचाँदीका गरगहना , लुगा कपडा , घन्टी अन्य औजार समेत माता राजदेबीलाई चढाउने चलन रहेको छ । 

आज बिहान ८ बजेर २५ मिनेटको शुभ साइतमा राजदेवी माताको पूजा प्रारम्भ भएसँगै बलि प्रदान गर्ने कार्यक्रम पनि सुरु गरिएको थियो । धार्मिक विश्वासअनुसार राजदेवी मातासँग सच्चा मनले मागिएको वरदान पूरा हुने मान्यता रहेको छ । यही आस्थाका कारण दैनिक रूपमा पनि मन्दिरमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । 
मन्दिर व्यवस्थापन समितिका पदाधिकारी , लहान नगरपालिकाका मेयर महेश चौधरी , वडा अध्यक्ष तेज नारायण चौधरी तथा स्थानीय अगुवाहरूको उपस्थितिमा मूल डिही दुर्गानन्द चौधरी र उहाँको परिवारले विधिवत् रूपमा पहिलो पूजा सम्पन्न गरेपछि सर्वसाधारणका लागि दर्शन तथा पूजाआजा खुला गरिएको थियो।
सांस्कृतिक महत्वका कारण यो मन्दिर क्षेत्रको प्रमुख धार्मिक गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ।
मेला ब्यबस्थापनका लागि ठूलो संख्यामा नेपाल प्रहरी, शसस्त्र प्रहरी , ट्राफिक प्रहरी परिचालन गरिएको थियो । ठूला सवारी साधनलाई गुदी गाँउ हुदै , शोभापुरबाट जाने ब्यबस्था मिलाइर्एको थियो । मोटर साईकल र अटो।सिटी रिक्सा बीर नगर रोकेर भित्री बाटोबाट जाने ब्यबस्था गरी फकिर्नेलाई बीर नगर सम्म पैदल फकिने ब्यबस्था मिलाइएको थियो । 

प्रतिकृया दिनुहोस

जिविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन

# समाज

यमुना खनाल/जिवछ चौधरी  बन संरक्षणलाई रोजगारी र आम्दानीसँग जोड्दा ग्रामीण क्षेत्रमा सकारात्मक परिबर्तन देखिन थालेको छ। लहान नगरपालिका–१५ मा

सिरहाकी सामुहिक बलत्कार पछि रहस्यमय मृत्यु भएकी बालिका र प्रकृति लम्सालको  न्यायका लागि लहानमा प्रदर्शन

# समाज

दुर्गा खनाल  सिरहाकी रिंकु सदा र भैरहवाकी प्रकृति लम्सालको न्यायका लागि  लहानमा बिद्यार्थीहरुले प्रदर्शन गरेका छन् । नेपाल बिद्यार्थी संघको

किसानहरुद्धारा लहान नगरपालिका बिरुद्ध बिशाल प्रदर्शन

# समाज

यमुना खनाल १२ माघ लहान । खुटी नहर संरक्षणका लागि नगरपालिका बिरुद्ध आन्दोलन गर्दै आएको खुटी खोला सिंचाई संघर्ष समितिले आज लहानमा बिशाल जनप्रदर्शन

↑