• २६ असोज २०८३ सोमबार/ Monday 10-12-2026

जिविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन

यमुना खनाल/जिवछ चौधरी 
बन संरक्षणलाई रोजगारी र आम्दानीसँग जोड्दा ग्रामीण क्षेत्रमा सकारात्मक परिबर्तन देखिन थालेको छ। लहान नगरपालिका–१५ मा रहेको मुतनीखोला सामुदायिक बन उपभोक्ता समूहले यही अबधारणालाई ब्यबहारमा उतारेको छ।

मुतनीखोला सामुदायिक बन उपभोक्ता समूहले घाँस–दाउरामा सीमित अभ्यास छोड्दै पर्यापर्यटन प्रवद्र्धन, दुना–टपरी निर्माण, अम्रिसो, बेसार र अदुवा खेती तथा बिरुवा संरक्षणका कार्यक्रम सञ्चालन गरिरहेको छ। समुदायको सक्रियताले बन क्षेत्र क्रमशः हराभरा बन्दै गएको छ। समूहले आफ्नो ११ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सामुदायिक बनमा १९५ घरधुरी आबद्ध छन् भने करिब ५६० हेक्टर क्षेत्रफलमा बन क्षेत्र फैलिएको छ। संरक्ष्ण परियोजना, चुरे उत्थानशील परियोजना र डिभिजन बन कार्यालय लहानको सहयोगले बन व्यवस्थापन प्रभाबकारी बन्दै गएको समूहको भनाइ छ । 

 

आर्थिक गतिविधिः
वार्षिक प्रतिवेदन अनुसार राष्ट्रिय कृषक समूह महासंघ नेपाल संरक्षण परियोजनाबाट पोखरी संरक्षणका लागि ७ लाख ७३ हजार ६३८ रुपैयाँ र २ लाख ५८ हजार १०८ रुपैयाँ अनुदान प्राप्त भएको छ। चुरे उत्थानशील परियोजना, बर्दिबासबाट १७ लाख ६३ हजार ५२८ रुपैयाँ सहयोग प्राप्त भएको छ। साथै स्थानीयको जनश्रमदानबाट १ लाख २० हजार रुपैयाँ बराबरको योगदान भएको छ भने आन्तरिक आम्दानी १९ हजार रुपैयाँ रहेको छ । 

कार्यक्रममा सब डिभिजन बन कार्यलयका प्रतिनीधि चन्द्रदेब यादब, बन उपभोक्ता महासंघ सिरहाका उपाध्यक्ष रुद्ध्र नारायण चौधरी, संरक्षण परियोजनाका प्रतिनीधि शोभा पासवान, संरक्षण परियोजनाका  सिरहाका इन्जिनियर नबिन ठाकुर, राजेजदेबी  सामुदायिक बनका अध्यक्ष बिरेन्द्र चौधरी र बाबाजी सामुदायिक बनका अध्यक्ष  जागेश्वर चौधरीको उपस्थिति रहेको थियो । कार्यक्रम लहान नगरपालिका वडा नंम्बर १५ का वडा सदस्य राम कुमारी दासको प्रमुख अतिथि तथा  देबराज चौलागाईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 
 

प्रतिकृया दिनुहोस

लाखौ भक्तजनले गरे माता राजदेबीदर्शन र पुजाआजा, ःथेग्नै नसकिने भीड

# समाज

बुद्ध जयन्ती तथा चण्डी पूर्णिमाको अवसरमा लहान–१५ ढोडनास्थित राजदेवी पञ्चावती मन्दिरमा भत्तजनहरुको घुईचो लागेको छ । नेपालका विभिन्न जिल्ला साथै

सिरहाकी सामुहिक बलत्कार पछि रहस्यमय मृत्यु भएकी बालिका र प्रकृति लम्सालको  न्यायका लागि लहानमा प्रदर्शन

# समाज

दुर्गा खनाल  सिरहाकी रिंकु सदा र भैरहवाकी प्रकृति लम्सालको न्यायका लागि  लहानमा बिद्यार्थीहरुले प्रदर्शन गरेका छन् । नेपाल बिद्यार्थी संघको

किसानहरुद्धारा लहान नगरपालिका बिरुद्ध बिशाल प्रदर्शन

# समाज

यमुना खनाल १२ माघ लहान । खुटी नहर संरक्षणका लागि नगरपालिका बिरुद्ध आन्दोलन गर्दै आएको खुटी खोला सिंचाई संघर्ष समितिले आज लहानमा बिशाल जनप्रदर्शन

↑