डोम परिवारको उठिबास गर्ने गाउँपालिका अध्यक्ष यादब पक्राउ , छोराको धम्कीले पीडित परिवार विस्थापित
यमुना खनाल
सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परे लगत्तै उनका छोराले दिपक मल्लिकको परिवारलाई धाकधम्की दिएपछि उनीहरु विस्थापित भएका छन् । महायज्ञ स्थल वरपर अछुत डोम बसे शुभ नहुने भन्दै दिपकको घरमा डोजर लगाएर गाँउपालिकाका अध्यक्ष एब यज्ञसमिति अध्यक्ष शिबजी यादबले उठिबास गरेपछि गयराती प्रहरीले यादब सहित पुर्ब वडा अध्यक्ष दिलिप यादबलाई पक्राउ गरेको थियो ।
गाउँपालिका अध्यक्ष यादव पक्राउ परेपछि आक्रोसित हुदै उनका छोरा रुकेश यादवले केही ब्यत्तिको हुल लिएर दिपक घरमा गई धाकधम्की दिएको पिकले बताउनु भयो । गाँउपालिका अध्यक्षका छोराको धम्कीपछि मल्लिक परिवार बिस्थापित भएका छन् ।
दिपक औरही गाउँपालिका ४ स्थित दलित आयोगका पूर्व सदस्य कवुली पासवानको घरमा शरण लिएर बसेका छन् । श्रीमती सिरहाको सैन्हैठामा आफन्तकोमा आश्रय लिएर बस्नु भएको छ । दिपकका बालबच्चा प्रहरी चौकीमा बसेका छन् ।
यादब पक्राउ परेपछि उहाँका समर्थकहरु जिल्ला प्रहरी कार्यलय सिरहा घेराउ गर्न पुगेका थिए । उनीहरुले प्रहरी प्रशासनप्रति चर्को नाराबाजी गरेका थिए । उनीहरुले प्रहरी कार्यलयमा हुल हुज्जत गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।
मलिक परीवारको घर सुरक्षाका लागि करिव दुई दर्जन प्रहरी परिचालन गरिएको जनाएको छ।
औरही गाउँपालिका ५ मा महायज्ञ लगाउने स्थानबाट दिपक मलिकको गत फागुन १० गते गाउँपालिका अध्यक्षको नेतृत्वमा डोजर चलाएर घर भत्काएको थियो।
गाउँदेखि विद्यालयसम्म स्वच्छता अभियान, ‘शान स्टेशन’ले बढाउँदै व्यवहार परिवर्तन
# मिता खबर
सिरहा । ‘घरघरको शान—स्वच्छता अभियान’ नारासहित सिरहामा सञ्चालन भइरहेको स्वच्छता तथा सरसफाइ अभियानलाई गाउँदेखि विद्यालयसम्म विस्तार गरिएको
सुखीपुरमा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा
# मिता खबर
यमुना खनाल सिरहा, असोज २२ । सामान्य बिरामी पर्दासमेत उपचारका लागि लहान वा विराटनगर पुग्नुपर्ने र समयमै स्वास्थ्य सेवा नपाउँदा ज्यानसमेत
सुखीपुरमा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा
# मिता खबर
यमुना खनाल सिरहा, असोज २२ । सामान्य बिरामी पर्दासमेत उपचारका लागि लहान वा विराटनगर पुग्नुपर्ने र समयमै स्वास्थ्य सेवा नपाउँदा ज्यानसमेत

प्रतिकृया दिनुहोस