• २६ असोज २०८३ सोमबार/ Monday 10-12-2026

लहान नगरपालिकाका मेयर एबं क्षेत्रिय सभापति र कांग्रेस नेताहरु बीच हात हालाहाल ।

मीता एफएम लहान 

नेपाली कांग्रेर सिरहा क्षेत्र नंम्बर १ प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्बाचनको लागि  उम्मेद्धार नाम सिफारिसका लागि बसेको बैठकमा हातहालाहाल भएको छ । 
कांग्रेस क्षेत्रिय कमिटिको बैठकमा  क्षेत्रिय सभापति एबं लहान नगरपालिकाका  मेयर महेश चौधरीले एकलौटी ढंगले निणर्य गर्न खोजेपछि  हात हालाहालको अबस्था आएको थियो ।  

बैठकमा प्रतिनीधि र प्रदेशसभा सदस्यका लागि उम्मेद्धारको नाम प्रस्ताब माँगपछि,  नेपाली कांग्रेसका नेता शुलिन महतो , पदम नारायण चौधरी सहित ६ जनाले प्रतिनीधि सभाका लागि अाका‌ंक्षा ब्यक्त गरेका थिए । प्रदेश सभाका लागि पनि सन्तोष उपाध्याय, अच्मितलाल चौधरी , पुनम चौधरी लगायत नाम टिपाएका थिए । 

आगामी मंसिर चार गते हुने प्रतिनिधि र प्रदेश सभा निर्बाचनको लागि क्षेत्र नंम्बर एकबाट उम्मेद्धार नाम टुङ्गो लगाउन बसेको बैठकमा सभापति चौधरीले उपस्थित कांग्रेस केन्द्रिय महाधिबेशन प्रतिनिधी , प्रदेश प्रतिनीधि सदस्य र क्षेत्रिय कमिटिका कार्यसमितिका पदाधिकारीको उपस्थिति गराई तपाईहरु जानुस म भोली नाम टुङ्गो लगाएर पठाई दिन्छुे भनेर बैठक स्थलबाट बाहिरन खोजेपछि बिबाद भएको थियो ।  ं

उपस्थित काग्रेस नेताहरुलेआजै निणर्य गर्न नसके , कि त बैठक स्थकित गर्नु पर्ने र अर्कोदिन बैठक बोलाउने निणर्य गर्नु पर्ने माँग गरेका थिए । उम्मेद्धारको नाम सिफारिस गर्ने क्षेत्रिय सभापतिको एकल निणर्को अधिकार होईन चौधरीले  भनेर असन्तुष्ट पक्षका नेताहरुले धारणा राखेपछि चौधरीले यो मेरो अधिकारको कुरा हो म निणर्य गर्छु । म भोली नाम सिफारिस गरेर पठाउछु भनेको नेपाली कांग्रेसका नेता राम सुन्दर यादबले जानकारी दिनु भयो । 

केन्द्रिय महाधिबेसन प्रतिनीधि र प्रदेश महाधिबेसन प्रतिनीधि सहित क्षेत्रिय कमिटिको बैठकबाट सके सहमतिमा नभए बहुमतकाट उम्मेद्धारको नाम टुङ्गो लगाउनु पर्ने पार्टिको बिधानमा  ब्यबस्था भएपनि क्षेत्रिय सभापति महेश चौधरीले आफुखुशी गर्न खोजेको प्रशासनको दुरुपयोग गर्दै पार्टिका नेताकार्यकर्ता माथि प्रशासन लगाएका कांग्रेस नेताहरुको आरोप छ ।   

बिधि सम्मत तरीकाले उम्मेद्धारको नाम सिफारिस हुनु पर्छ भनेर माँग गरेपछि पार्टिका नेता कार्यकर्तालाई तह लगाउन पदको दुरुपयोग गरी शसस्त्र प्रहरी र नेपाल प्रहरीलाई तत्काल बोलाएर आफ्नै पार्टिका नेताहरुलाई बैठकस्थलबाट बाहिर निकालेको नेता चौधरीले बताउनु भयो ।

प्रतिकृया दिनुहोस

नेकपा एमालेको यही चैत्र २६ गते देखि २८ गते सम्म हुने जिल्ला अधिबेसनको तयारी तीब्र

# राजनीति

यमुना खनाल  नेकपा एमालेको यही चैत्र २६ गते देखि २८ गते सम्म हुने सिरहा जिल्ला अधिबेसनको तयारी तीब्र भएको छ । जिल्ला अधिबेसनको प्रमुख अतिथि  नेकपा

२१ बर्ष सम्म शहिद हेम नारायण यादबका हत्यारालाई कार्बाही  गर्न  एमालेले  चासो दिएन : यादब

# राजनीति

यमुाना खनाल २० माघ लहान । बुबा शहिद हेम नारायण यादबका हत्यारालाई तत्काल कार्बाही गर्न कार्बाही गर्न नेकपा एमाले सिरहाका कार्यबाहक अध्यक्ष तथा सिरहा

बुद्धीजिवी परिषदद्धारा जनताको समस्यामा केन्द्रीत भएर काम गर्न पार्टि नेतृत्वको ध्यानाकर्षण ।

# राजनीति

मीता एफ.एम. (१०६.० मेगाहर्ज)  वुद्धीजीवी परिषद नेपाल, सिरहाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।   वुद्धीजीवी परिषद सिरहाबाट प्रदेश, तथा

↑